बिहीबार , कार्तिक २० गते २०८३
images
images

बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 320
    SHARES
  • बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का

    बझाङका दुई स्थानमा लगातार दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको छ। पहिलो भूकम्पको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो। दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो। 

    images

    लगभग २५ मिनेटको फरकमा दुईवटा भूकम्प गएका हुन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।

    त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ। क्षतिबारे भने कुनै विवरणहरू प्राप्त भएका छैनन् । 

    images