बझाङलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो गएको भूकम्पका कारण बझाङको तालकोट गाउँपालिकास्थित वडा नं. १ को कार्यालय भवनमा क्षति पुगेको छ।
गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीका अनुसार वडा कार्यालय भवनमा क्षति पुगेको हो। उनले सोही वडाका केही विद्यालय भवनहरू पनि चर्किएको जानकारी दिइन्।
भूकम्पका कारण गाउँपालिकाको भवन आसपासको जमिन पनि भासिएको उपाध्यक्ष भण्डारीले जानकारी दिइन्। अन्य वडाहरूबाट विवरण संकलनको काम भइरहेको उनको भनाइ छ।
हालसम्म मानवीय क्षतिको विवरण नआएको उनको भनाइ छ।
मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो।
.jpg)


