बिहीबार , कार्तिक २० गते २०८३
images
images

बझाङमा लगातार चार भूकम्प धक्का

एक्सप्रेस पाना
आश्विन १६, २०८० मंगलबार
  • 311
    SHARES
  • बझाङमा लगातार चार भूकम्प धक्का

    काठमाडौँ । बझाङमा मंगलबार चार भूकम्प गएको छ। बझाङ केन्द्रविन्दु भएर अपराहन्न ४: २८ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

    images

    यसअघि बझाङनै केन्द्रविन्दु भएर ३:४५ बजे ४.१ रेक्टर स्केलको, ३:०६ बजे ६.३ रेक्टर स्केलको र २: ४० बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

    यी भूकम्पका झट्का भारतको दिल्लीसम्म महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

    images

    भूकम्पले बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ। बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ। मानविय क्षतिको अहिलेसम्म जानकारीमा आएको छैन तर लगातार भूकम्पका झट्का आइरहदा त्रास बढेको स्थानीयले बताएका छन्।