बिहीबार , कार्तिक २० गते २०८३
images
images

कतार एयरको जहाज ‘ओभरसुट’

एक्सप्रेस पाना
आश्विन १७, २०८० बुधबार
  • 170
    SHARES
  • कतार एयरको जहाज ‘ओभरसुट’

    काठमाडौँ, १७ असोज । कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो। विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो।

    'जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ', विमानस्थलका एक उच्च अधिकारीले भने।

    images

    यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ।

    सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।