बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज राति ९ः४५ बजेबाट डिभी खुल्दै, यसरी दिनुहोस् आवेदन

एक्सप्रेस पाना
आश्विन १७, २०८० बुधबार
  • 365
    SHARES
  • आज राति ९ः४५ बजेबाट डिभी खुल्दै, यसरी दिनुहोस् आवेदन

    काठमाडौँ । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ।

    images

    नेपाली समयअनुसार राति ९:४५ बजेदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

    दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ।

    images

    आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०ः४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ। आवेदनका लागि कुनै शुल्क लाग्ने छैन।

    डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ। आवेदकको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ।

    आफ्नो आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ। डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ।