शुक्रबार, भाद्र २६ गते २०८३
images

हङकङविरुद्ध खेल्दै नेपाल, जित्नैपर्ने दबाब

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 614
    SHARES
  • हङकङविरुद्ध खेल्दै नेपाल, जित्नैपर्ने दबाब

    असोज ५ काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनौटको दोस्रो खेलमा आज (मंगलबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले हङकङविरुद्ध खेल्दैछ । 

    images

    उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।

    यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । उक्त खेलमा विमल चौधरीको हेडिङ गोलसँगै खेलमा अग्रता बनाएको नेपाल अन्तिम २ मिनेटमा दुई गोल ब्यहोर्न पुगेको थियो । 

    images

    एसियन कपमा छनौट हुने लक्ष्य लिएको नेपाली टोलीले हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन कपमा छनौट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ । प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् । 

    समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनौट हुनेछ ।