बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुनचाँदीकाे मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन १९, २०८० शुक्रबार
  • 191
    SHARES
  • सुनचाँदीकाे मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ।

    images

    अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो। 

    यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images

    यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।