बिहीबार , कार्तिक २० गते २०८३
images
images

दशैंको अग्रिम टिकट बुकिङ असोज २२ देखि खुल्ने

एक्सप्रेस पाना
आश्विन १९, २०८० शुक्रबार
  • 315
    SHARES
  • दशैंको अग्रिम टिकट बुकिङ असोज २२ देखि खुल्ने

    काठमाडौं । यस बर्ष दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। पुरानै भाडा कायम राखेर दशैका लागि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको छ।

    वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ।

    images

    यसअघि यातायात व्यवसायीले भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताएका थिए । व्यवसायीले बाटो बिग्रेको बताए पनि उनीहरुले भाडा बढाउन दबाब दिन अग्रिम बुकिङ खोल्न आनाकानी गरिरहेका थिए।

    प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन्। हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन्।