बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, बाँकी भू-भागमा कहिलेसम्म पानी पर्ला ?

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 237
    SHARES
  • सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, बाँकी भू-भागमा कहिलेसम्म पानी पर्ला ?

    सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज (शनिबार) कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    images

    नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो। 'यस वर्षको मनसुन असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ,' विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ। 

    images

    नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।