बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो

एक्सप्रेस पाना
आश्विन २०, २०८० शनिबार
  • 273
    SHARES
  • नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो

    बाँके । स्थीति सामान्य बन्दै गएको संकेत पछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसीमा घटाइएको छ। दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसिमा घटाएको हो।

    images

    जसअनुसार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजे देखी बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए। यसअघि बिहान ८ बजे देखी नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आईएको थियो। 

    प्रजिअ अधिकारीले जारी गरेको सुचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन्। 

    images

    हिन्दु र मुस्लिम समुदायका बिचमा हुलदंगा भए पछि स्थिति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले सुरक्षाा ब्यवस्थामा कडाइ गरेको हो।