काठमाडौं । सधैझै यो बर्ष पनि सरकारले दशैँ, तिहार र छठलगायत चाडपर्वलक्षित सुथप मूल्य पसल आइतबारदेखि सञ्चाललनमा ल्याएको छ।
चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गरेको हो।
आइतबारदेखि सञ्चाललनमा रहेको थापाथलीमा राखिएको पसलमा किनमेलका लागि मान्छेहरूको भीड सुरू भएको छ।
आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो।










.jpg)


