बिहीबार , कार्तिक २० गते २०८३
images
images

इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 235
    SHARES
  • इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन

    इजरायल-हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ जना नेपालीकाे अवस्था अझै अज्ञात रहेकाे इजरायलस्थित नेपाली दूतावासले जनाएकाे छ। उनीहरूकाे खाेजी जारी रहेकाे इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन्। 

    images

    इजरायलकाे दक्षिणी भेगमा रहेकाे किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे। तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन्। दुई जना बंकरभित्रै रहेका र तीन जनाको अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिइन्। 

    गाजा क्षेत्रबाट नजिकै रहेकाे किबुज अलुमिन क्षेत्रमा इजरायली सेना अझै पुगिसकेको छैन।

    images

    त्यहाँकाे अवस्था अहिले पनि भयभीत रहेकाे इजरायली सञ्चारमाध्यमले जनाएका छन्। गैरआवासीय नेपाली संघ (एनआएन) इजरायलका अनुसार, सम्पर्कविहीन भएका नेपाली विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएको छ।