बिहीबार , कार्तिक २० गते २०८३
images
images

असोज २९ बाट नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म पाउँछन् ?

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 355
    SHARES
  • असोज २९ बाट नयाँ नोट साट्न पाइने, एकजनाले कतिसम्म पाउँछन् ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असाेज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ। असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।

    images

    नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले असोज २९ गतेबाट दसैंका लागि नयाँ नोट साट्न पाइने बताए ।

    बैंकका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ। राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ।

    images

    बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ।