बिहीबार , कार्तिक २० गते २०८३
images
images

सनातन धर्मको प्रवर्द्धनमा आउन लागेको कार्यक्रम 'युटोपिया-एक सुन्दर भविष्य' एनएनटिभिबाट प्रसारण हुने

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 1.5K
    SHARES
  • सनातन धर्मको प्रवर्द्धनमा आउन लागेको कार्यक्रम 'युटोपिया-एक सुन्दर भविष्य' एनएनटिभिबाट प्रसारण हुने

    सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम "युटोपिया-एक सुन्दर भविष्य" नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभि)बाट प्रसारण हुने भएको छ।

    images

    मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमको निर्माता नवराज लम्साल तथा एनएनटिभिका कार्यक्रम निर्माण प्रमुख नविन भट्टविच सम्झौतामा हस्ताक्षर भएको छ।

    चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नेछन्। सम्झौता कार्यक्रममा चलचित्र नाङ्गो गॉउका निर्माता हिमाल शर्मा पनि उपस्थित भएका थिए। उनले यस कार्यक्रम सफल हुने र हालको देशमा चलेको धार्मिक द्वन्द्व समेत यस कार्यक्रमबाट शान्त हुने विश्वास ब्यक्त गरेका छन्।  

    images

    'सनातन' को अर्थ शाश्वत वा 'अनन्त' अर्थात्, जसको न त सुरुवात छ न अन्त्य नै भन्ने हुन्छ। यस धर्मको कोही प्रवर्तक नभई साक्षात ईश्वरलाई नै यस धर्मले मान्ने गर्दछ। त्यस्तै अंग्रेजी शब्द युटोपियाको अर्थ स्वप्नलोक वा रामराज्य हुने गर्दछ ।

    राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रममा देशका बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरूलाई अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ।