बिहीबार , कार्तिक २० गते २०८३
images
images

हुलाक टिकट अब नेपालमै छापिने

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 204
    SHARES
  • हुलाक टिकट अब नेपालमै छापिने

    काठमाडौँ । हुलाक टिकट अब नेपालमै छापिने भएको छ। हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ।

    images

    विभागका महानिर्देशक प्रदीपराज अधिकारीले टिकट छाप्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न खोजिएको बताउँदै भने “सुरक्षासाथ नेपालमै छाप्न सक्ने प्रकाशनगृहको खोजी हुँदा जनक शिक्षा उपयुक्त देखियो। मतपत्र, राजस्वका स्टिकरलगायत त्यहीँ छापिने रहेछन्। निजी छापाखानाले सुरक्षाका साथ छाप्न सक्ने देखिएन। सरकारी निकाय पनि भएकाले जनक शिक्षालाई यसको जिम्मेवारी दिने सहमति गर्‍यौँ। स्वदेशी संस्थालाई प्रवर्धन गर्नु पर्छ। यतिका लागि विदेश जानुपर्ने आवश्यकता छैन।”

    टिकटको प्रचलन थाल्दा नेपालमै टिकट छापिने गरेको विभागका पदाधिकारीहरू बताउँछन्। प्रविधि परिवर्तन हुँदै गएपछि छपाइका लागि विदेश पठाउन थालियो। टेन्डर प्रक्रिया अनुसार छाप्दा भारत, इन्डोनेसिया, बेलायतलगायतका मुलुकमा छपाइ हुन्थ्यो। यसरी छाप्दा विभागका पदाधिकारी हरेक वर्ष दुई तीन पटक ती मुलुकमा निरीक्षणमा जाने गरेका थिए। उनले भने, “स्वदेशमै हुलाक टिकट छाप्न थालियो भने निरीक्षणका लागि विदेश जानु पनि परेन। त्यसो हुँदा राज्यको रकम बचत पनि हुने छ।” आजको गोरखापत्र दैनिकमा समाचार छ।

    images