काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ।
उनीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको सो समुहमा रहेका विद्यार्थी लुइस रिजालले जानकरी दिएका हुन्।
उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन्। उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो। यो टोलीमा ४९ जना थिए । 'बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ' रिजालले भने, 'अलग अलग क्याम्पबाट उद्धार गरिएको हो।' अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको उनले बताएका छन्।
उनीहरुले अहिले सुरक्षित महसुस गरेको र सरकारले छिटो नेपाल फर्काउने व्यवस्था गर्न आग्रह समेत गरेका छन्।
इजरायलस्थित नेपाली दुताबासको पहलमा इजरायली सेनाले उनीहरुको उद्धार गरेको हो। दुताबासले उनीहरुलाई तेलअभिभमा ल्याउने बताएको छ।
.jpg)


