बिहीबार , कार्तिक २० गते २०८३
images
images

इजरायलमा मारिएको घटनामा आज राष्ट्रिय शोक मनाइने

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 202
    SHARES
  • इजरायलमा मारिएको घटनामा आज राष्ट्रिय शोक मनाइने

    काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो। 

    images

    सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन। जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ। 

    हिजो आकस्मिक रुपमा बसेको बिशेष मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो।

    images

    पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो। सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो।