हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रयस वर्षको मनसुन बाहिरिन ढिलाइ भएको छ। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने भए पनि यसपाली अहिलेसम्म पानी परिरहेको छ। यद्यपि सुदूरपश्चिम र कर्णालीबाट भने मनसुन बाहिरिँदै गएको छ। अन्य प्रदेशमा क्रमश: बाहिरिने महाशाखाले जनाएको छ।
.jpg)


