असोज ५ काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनौटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।
त्यस्तै उक्त खेलका लागि नेपालले सुरुवाती-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।
त्यस्तै आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । जसमा डिफेन्डर विमला बिक सुरुवाती-११ मा परेकी छिन् भने पुजा रानालाई बेन्चमा राखिएको छ ।
नेपालको सुरुवाती-११
गोलकिपर : अन्जिला सुब्बा
डिफेन्डर : हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक
मिडफिल्डर : रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली कुमारी योन्जन
फरवार्ड : सबिता राना, विमला चौधरी, प्रिती राई


