बिहीबार , कार्तिक २० गते २०८३
images
images

उद्धारका लागि नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

एक्सप्रेस पाना
आश्विन २४, २०८० बुधबार
  • 272
    SHARES
  • उद्धारका लागि नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

    काठमाडौँ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमान पठाउने भएको छ ।

    images

    परराष्ट्रमन्त्रालय स्रोतका अनुसार नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई हुदै इजरायल जाने भएको हो ।

    सरकारले यसअघि नै नेपाल एयरलाइन्सको विमानलाई इजरायल पठाउन तयारी अवस्थामा राखेको थियो ।

    images

    इजरायलस्थित नेपाली दुताबासले नेपाल फर्किन चाहनेको सूची तयार गरेको र अहिलेसम्म करिब ३५० ले नेपाल फर्किन आफ्नो नाम दर्ता गरेको दुताबासले बताएको छ । गत शनिबार हमास समुहको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि अन्य विद्यार्थीहरुले  नेपाल फर्काउन आग्रह गर्दै आएका छन् ।

    इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन्।