बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
आश्विन २८, २०८० आइतबार
  • 257
    SHARES
  • आजको मौसम: देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    images

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    images