बिहीबार , कार्तिक २० गते २०८३
images
images

मनकामना केबलकार सञ्चालनमा

एक्सप्रेस पाना
कार्तिक ९, २०८० बिहीबार
  • 199
    SHARES
  • मनकामना केबलकार सञ्चालनमा

    मुग्लिन, ९ कात्तिक : मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  

    images

    वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।  

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

    images