काठमाडौं । दशैं मनाउन काठमाडौं छोडेकाहरु फर्किनेक्रम शुरु भएको छ।
दशैँको तेस्रो दिन उपत्यका भित्रिने मुख्य नाकामा चहलपहल बढेसँगै काठमाडौँका सडकहरुमा सवारीसाधनको चाप क्रमश बढ्न थालेको छ।
बुधबार साँझ ६ बजेसम्म पाँच हजार ५९० सवारी साधनबाट ४४ हजार ३९४ जना काठमाडौं उपत्यका प्रवेश गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।
काठमाडौँ का पसल, व्यवसायहरु पनि खुल्न थालेका छन्। दशैंको सार्वजनिक बिदा आजसम्म रहेकाले शुक्रबारदेखि सरकारी कार्यालय समेत खुल्ने भएकाले अब काठमाडौँको चहल पहल बढ्न थालेको छ।
.jpg)


