बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १०, २०८० शुक्रबार
  • 204
    SHARES
  • आजको मौसम: पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images

    आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।