बिहीबार , कार्तिक २० गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक ११, २०८० शनिबार
  • 194
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज शनिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको हो। तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ कायम छ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ। हिजो शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो।

    images

    दसैँ बिदायता पहिलोपटक खुलेको सुनचाँदीको बजारमा हिजो ५०० रुपैयाँले बढेको थियो। अन्तिम पटक नेपाली बजारमा कात्तिक ३ गते सुनचाँदीको कारोबार भएको थियो। त्यसयता हिजो कात्तिक १० गते बजार खुलेको हो।

    यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले वृद्धि आएको छ। महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो।