नेपाली बजारमा प्याजको थोक मूल्य किलोमै ११० रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ।
यस्तै गोलभेँडा सानो (लोकल) को ३०, आलु रातोको ७२, काउली स्थानीयको ९०, मटरकोशाको २५०, लौकाको २०, तोरीको सागको ४० रुपैयाँ रहेको छ।
यसैगरी केरा (दर्जन) को १५०, कागतीको १६०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ।
मूल्यसूची विस्तृतमाः

.jpg)


