शुक्रबार, भाद्र २६ गते २०८३
images

स्वारेजको दुई गोलमा एथ्लेटिको मड्रिडको रोमाञ्चक जित

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 293
    SHARES
  • स्वारेजको दुई गोलमा एथ्लेटिको मड्रिडको रोमाञ्चक जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथ्लेटिको मड्रिड रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलबार राति भएको खेलमा गेटाफेमाथि २-१ गोलको जित निकाल्दै एथ्लेटिकोले शीर्ष स्थानमा पकड जमाएको हो । 

    images

    गेटाफेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एथ्लेटिकोको जितमा दुवै गोल लुइस स्वारेजले गरे । एथ्लेटिकोका गोलरक्षक जान ओब्लाकको आत्मघाती गोल गेटाफेका लागि सान्त्वना गोल बनेको थियो ।

    खेलको ४५औं मिनेटमा गोलकिपर ओब्लाले आफ्नै पोस्टमा गोल गर्दा गेटाफेले सुरुआती अग्रता बनाएको थियो । ७४औं मिनेटमा कार्लेस एलिनाले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो । ७८औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई बराबरीमा फर्काए भने ९०औं मिनेटमा दोस्रो गोल गर्दै २-१ गोलको जित दिलाए ।

    images

    उक्त जितसँगै एथ्लेटिको रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । उसले ६ खेलमा १४ अंक जोडेको छ । यता ५ खेल खेलेको रियल १३ अंकका साथ दोस्रो स्थानमा छ । अंकविहीन गेटाफे भने १९औं स्थानमा छ ।