बिहीबार , कार्तिक २० गते २०८३
images
images

तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा

एक्सप्रेस पाना
कार्तिक १७, २०८० शुक्रबार
  • 230
    SHARES
  • तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा

    रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ। आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए।

    images

    क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए ।

    वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। 

    images