सोमबार, कार्तिक १७ गते २०८३
images
images

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितलाई १० लाख सहयोग

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 400
    SHARES
  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितलाई १० लाख सहयोग

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख सहयोग गर्ने भएको छ। 

    images

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत उद्दारले  तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग गर्ने भएको हो।

    गत कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। 

    images

    समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ।

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # IMELIFE