काठमाडौँ । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ।
अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले एमडीएमएस लागू गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
जसअनुसार पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो। पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान रहेको प्राधिकरणले जनाएको छ।
चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको र एमडीएमएसमा दर्ता नभएका यस्ता करिब १० हजार मोवाइल सेट नेपालमा प्रयोग भइरहेको अनुमान रहेको प्राधिकरणले जनाएको छ।
.jpg)


