बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 270
    SHARES
  • बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

    बाँके । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ।

    images

    गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

    उनीहरु तीनै जना जाजरकोटका हुन्। अस्पतालमा अहिलेसम्म १८ पुरुष र २३ महिलाको उपचार भइरहेको जनाउँदै हालसम्म सातजनाको शल्यक्रिया गरिएका उनले बताए। श्रेष्ठका अनुसार यसअघि गम्भीर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ।

    images

    दुई गम्भीर बिरामीको आइसियु वार्डमा र एक जना गर्भवती महिलाको प्रसूती वार्डमा उपचार भइरहेको श्रेष्ठले बताए।

    उनका अनुसार जाजरकोटका एक जना डिस्चार्ज भएर घर फर्केका छन् ।‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि स्थानान्तरण गरिएको थियो।

    बिरामी पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका छन्। यसैबीच अस्पतालले बिरामीलाई सङ्क्रमण हुन सक्ने भन्दै निरन्तर भेटघाट र भिडभाड नगर्न आग्रह गरेको छ।

    अस्पतालले बिरामीलाई भेट्न निश्चित समय तोकेको छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ।