बिहीबार , कार्तिक २० गते २०८३
images
images

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 397
    SHARES
  • भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

    काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको छ। 

    images

    नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको हो। 

    भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ। 

    images

    यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ। तिहार नेपालीको दोस्रो ठूलो चाड हो।