शुक्रबार, भाद्र २६ गते २०८३
images

इएफएल कप : लिभरपुलको सजह जित

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 518
    SHARES
  • इएफएल कप : लिभरपुलको सजह जित

    एजेन्सी । लिभरपुल इंग्लिस इएफएल कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नर्विच सिटीमाथि ३-० गोलको सहज जित दर्ता गर्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो । 

    images

    नर्विचको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई जिताउन ताकुमी मिनामिनोले २ तथा डाइभक ओरिजीले १ गोल गरे । खेलको चौथो मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ४२औं मिनेटमा नर्विचले पेनाल्टी पाएको थियो । तर क्रिस्टोस जोलिस पेनाल्टीमा चुक्दा उसले बराबरी गोल गर्ने मौका खेर फालेको थियो । 

    पहिलो हाफमा १-० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको खेलको ५०औं मिनेटमा ओरिजीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८०औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० गोलले जिताए । 
     

    images