एजेन्सी । सविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस इएफएल कप फुटबल प्रतियोगितामा वाइकम्बमाथि फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा वाइकम्बमाथि ६-१ गोलअन्तरको जित दर्ता गरेको हो ।
घरेलु टोली सिटीको जितमा रियाद महरेजले २ गोल गरे भने केभिन डी ब्रुयन, फिल फोडेन, फरान टोरेस र कोले पाल्मेरले १/१ गोल गरे । वाइकम्बका ब्रान्डन हान्लानले १ गोल गरे ।
सिटीले पहिलो हाफमा ३-१ गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो । उक्त जितसँगै सिटी इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ ।


