बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: तीन प्रदेशमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 167
    SHARES
  • आजको मौसम: तीन प्रदेशमा हिमपातको सम्भावना

    कार्तिक २३ काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

    images

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    images

    आजराति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।