बिहीबार , कार्तिक २० गते २०८३
images
images

युवा संघ नेपालको केन्द्रिय टोलि राहत लिएर जाजरकोट तर्फ

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 279
    SHARES
  • युवा संघ नेपालको केन्द्रिय टोलि राहत लिएर जाजरकोट तर्फ

    काठमाडौं । भूकम्प पीडितहरूको लागि युवा संघ नेपालद्वारा संकलित राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ। 

    images

    बिहीबार एक समारोहकाबीच नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले १४ लाख मूल्य बराबरको राहत सामाग्री युवा संघ नेपाललाई हस्तान्तरण गर्नुभयो। 

    युवा संघका प्रवक्ता सञ्जिप राईको टोली आजै उक्त राहत सामाग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ। राहत सामाग्री हस्तान्तरण गर्दै नेता खनालले राहत पाउने कुरामा प्रभावितहरू थप समस्यामा परेको सरकारले सामान्य भन्दा सामान्य सेवा सुविधा समेत नपाएको समाचार सत्य हो भने दर्दनाक र दुखद कुरा हो यो ढिलाई आपत्ति जनक कुरा हो सरकारलाई गम्भिर हुन र ढिला नगर्न सुझाव सहित चेतावनी दीन चाहन्छु उहाँले भन्नु भएको छ। उहाँले सुत्केरी महिला समेतले पाउनुपर्ने सुविधा नपाएको प्रति गम्भिर चिन्ता व्यक्त गर्नुभएको छ। 

    images

    राहत सामाग्रीहरू डिजिटल सोलार प्यानल करिव ६ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स एक लाख बराबरको २५२ थान, सेनिटरी प्याड ३ लाख बराबरको ५०० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान एक लाख ५० हजार, अक्सिमीटर एक थान एक लाख ५० हजार बराबरको, र विभिन्न औषधिहरू २ लाख वढी मूल्यबराबरको र भोलेन्टियर हेलमेट एक सय थान ५० हजार बराबरको रहेको बताईएको छ। गत शुक्रबार ६।४ रेक्टरस्केलको भूकम्पले जाजरकोट सहितका जिल्लामा जनधन सहित ठूलो क्षति पुर्याएको छ।