बिहीबार , कार्तिक २० गते २०८३
images
images

रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

एक्सप्रेस पाना
कार्तिक २४, २०८० शुक्रबार
  • 193
    SHARES
  • रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

    यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ।

    images

    जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो।

    सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए।

    images

    मृतक विष्ट चौरजहारी नगरपालिका-१ निवसी छन्। योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ।

    वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिनुभएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि  मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनि सख्त घाइते भएका थिए।