बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

एक्सप्रेस पाना
मंसिर १, २०८० शुक्रबार
  • 202
    SHARES
  • प्रधानमन्त्री दाहालले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने

    काठमाडौँ, १ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ।

    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ।

    उक्त सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी दक्षिण: भविष्यका लागि सहकार्य’ रहेको छ।

    images