काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ।
गत अक्टोबर ७ मा इजरायलमाथि भीषण आक्रमण गरेपछि हमास समूहले बन्धक बनाएकामध्ये कञ्चनपुर घर भएका विपिन पनि रहेको इजरायली सुरक्षा फौजले जनाएको हो।
इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले आईडीएफका प्रवक्तालाई उध्दृत गर्दै हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्ये नेपाली विद्यार्थी विपिन पनि रहेको जनाएको छ।
साथै नेपाली दूतावासले विपिनको पछिल्लो अवस्थाबारे भने यकिन नभएको उल्लेख गर्दै हालसम्म उनी सम्पर्कविहीन रहेको जनाएको छ। दूतावासले उनको खोजी कार्य जारी रहेकोसमेत जानकारी गराएको छ।
इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिममा अक्टोबर ७ मा हमास समूहले आक्रमण गरेपछि विपिनलाई बन्धक बनाएर लगेको थियो।
.jpg)
.jpg)


