बिहीबार , कार्तिक २० गते २०८३
images
images

भूकम्पपीडितलाई सहयोग गर्न ट्रेड युनियनको आग्रह

एक्सप्रेस पाना
मंसिर ६, २०८० बुधबार
  • 216
    SHARES
  • भूकम्पपीडितलाई सहयोग गर्न ट्रेड युनियनको आग्रह

    काठमाडौँ, ६ मङ्सिर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ।

    images

    युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैँया सहयोग गर्न आग्रह गर्नुभएको हो।

    कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैँक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताउनुभयो।

    images

    नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आवद्ध छन्।