असोज ५ काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी-२० क्रिकेट प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि दुबईमा शुरु हुनेछ ।
हाल अंकतालिकामा दिल्ली दोस्रो स्थानमा र हैदराबाद पुछारमा रहेको छ । दिल्लीले ८ खेलमा ६ मा जित र २ मा हार बेहोरेको उसको १२ अंक छ । समान अंक रहेको चेन्नई नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यता हैदराबाद ७ खेलमा २ अंक जोड्दै पुछारमा छ ।

