शुक्रबार, भाद्र २६ गते २०८३
images

एभरेष्ट बैंकद्वारा वित्तीय चेतनामूलक ५ भिडियो सार्वजनिक

एक्सप्रेस पाना
मंसिर १२, २०८० मंगलबार
  • 260
    SHARES
  • एभरेष्ट बैंकद्वारा वित्तीय चेतनामूलक ५ भिडियो सार्वजनिक

    काठमाडौं, मंसिर १२ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । 

    images

    आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिए ।

    उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।

    images

    साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसंगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

    चेतनामूलक-५-भिडियो

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक