बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनसम्पर्क समिति क्यानडाद्वारा भूकम्प पीडितलाई सहयोग गर्ने रकम एनआरएन क्यानडालाई हस्तान्तरण

एक्सप्रेस पाना
मंसिर १३, २०८० बुधबार
  • 206
    SHARES
  • जनसम्पर्क समिति क्यानडाद्वारा भूकम्प पीडितलाई सहयोग गर्ने रकम एनआरएन क्यानडालाई हस्तान्तरण

    विज्ञान कार्की (नेपाली जनसम्पर्क समाज समिति क्यानडाले जाजरकोट(रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न १३१३.०० डलर गैरआबसिय नेपाली संघ क्यानडा (एनआरएनए) क्यानडालाइ हस्तान्तरण गरेको छ। 

    images

    कार्यक्रमको सभापति बुद्धि प्रकाश वलि र प्रमुख अतिथि बरिष्ठ कानुन ब्याबसायि एबम जनसम्पर्क समितिका कानुनी सल्लाहकार अतुल सुबेदि ,बरिष्ठ उपसभापति सुरेश रजौरे, उपसभापती मुक्ति पौडेल, सह महामन्त्री बिपिन पराजुली लगायत केन्द्रिय कार्यसमिति ले एनआरएनए क्यानडाका उपाध्यक्ष कार्यक्रमका अतिथि किरोज श्रेष्ठ र एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका थिए। 

    दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्णाली प्रदेश विपद व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारि एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त जानकारि दिएको छ।

    images

    कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समाज समिति क्यानडाका महामन्त्रि बसन्त कार्कीले गरेका थिए।

    नेपाली कांग्रेसको निति र सिद्धान्तलाई सजीवता दिलाउनका लागि निर्माण भएको जनसम्पर्क समिति क्यानडामाझ सन २०१३ मा स्थापना भएर विभिन्न क्यानडियन नेपालीबासीहरू माझ समाजिक कार्यहरू गर्दै आएको छ।