बिहीबार , कार्तिक २० गते २०८३
images
images

बस दुर्घटना हुँदा ३६ जना घाइते

एक्सप्रेस पाना
मंसिर १३, २०८० बुधबार
  • 280
    SHARES
  • बस दुर्घटना हुँदा ३६ जना घाइते

    दमौली, मंसिर १३ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। 

    images

    धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

    दुर्घटनामा घाइते भएकाको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ। 

    images