बिहीबार , कार्तिक २० गते २०८३
images
images

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

एक्सप्रेस पाना
मंसिर १७, २०८० आइतबार
  • 187
    SHARES
  • श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

    श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६
    गते एक जनालाई नियन्त्रमा लिएको छ।

    images

    सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो।

    भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो। उनले सो रकम कहाबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको हो।

    images

    नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ।