बिहीबार , कार्तिक २० गते २०८३
images
images

विमानस्थलभित्र यात्रुको पावरब्यांक पड्कियो

एक्सप्रेस पाना
मंसिर १७, २०८० आइतबार
  • 174
    SHARES
  • विमानस्थलभित्र यात्रुको पावरब्यांक पड्कियो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा पावरब्यांक पड्किएर आगो लागेको छ। बिहान साढे ११ बजेको उडानमार्फत ति यात्रु चीन जान लागेका थिए।

    images

    विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो।

    एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि गागो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए।

    images

    उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए। सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए। ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन्, अवस्था सामान्य रहेको छ।