बिहीबार , कार्तिक २० गते २०८३
images
images

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

एक्सप्रेस पाना
मंसिर १८, २०८० सोमबार
  • 225
    SHARES
  • ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

    बलेवा (बागलुङ) मंसिर १८ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ।

    images

    मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए। 

    “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।”

    images

    हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।