कठमाडौं, मंसिर १९ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।
एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन्।
एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो। झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो। मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदै छ।




.jpg)


