शुक्रबार, भाद्र २६ गते २०८३
images

रियलको सानदार जितमा एसेन्सियोको ह्याट्रिक

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 614
    SHARES
  • रियलको सानदार जितमा एसेन्सियोको ह्याट्रिक

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल मल्लोकामाथि ६-१ गोलअन्तरको फराकिलो जित निकालेको हो ।

    images

    घरेलु मैदानमा रियललाई जिताउन मार्को एसेन्सियोले ह्याट्रिक गोल गरे भने करिम बेन्जेमाले २ तथा इस्कोले १ गोल गरे । मल्लोर्काका लि काङ–इनले १ गोल गरे ।

    रियललाई सुरुवाती अग्रता दिलाएका थिए । २४औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । काङ–इनले २५औं मिनेटमा गोल गर्दै मल्लोर्कालाई बराबरीमा फर्काउने प्रयास गरे । तर २९औं मिनेटमा एसेन्सियोले दोस्रो गोल गरेसँगै रियलले पहिलो हाफमा ३-१ गोलको अग्रता बनायो । 

    images

    ५५औं मिनेटमा एसेन्सियोले गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै, बेन्जेमाले ७८औं मिनेटमा र इस्कोले ८४औं मिनेटमा गोल गरेपछि रियल ६-१ गोलले विजयी भएको हो । 

    उक्त जितसँगै रियलले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ । यता पराजित मल्लोर्का भने ८ अंकका साथ १०औं स्थानमा छ ।