एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड इएफएल काराबाओ कपबाट बाहिरिएको छ । बुधबार राति तेस्रो चरणको खेलमा वेस्ट ह्यामसँग १-० गोलले पराजित हुँदै युनाइटेड बाहिरिएको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली वेस्ट ह्यामका लागि म्यानुअल लान्जिनीले निर्णायक गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गरेको गोल नै वेस्ट ह्यामको जितमा पर्याप्त बन्यो ।
त्यस्तै उक्त खेलमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलेका थिएनन् । यस जितसँगै वेस्ट ह्याम चौथो चरणमा प्रवेश गरेको छ भने युनाइटेडको यात्रा समाप्त भएको छ ।


